अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?-Sutra News

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ ।



शुक्रबार बसेको संघको बैठकले शनिबारदेखि लागू हुने गरी अण्डाको मूल्य निर्धारण गरेको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागू गर्नका लागि चितवनलाई आधार मानेको छ ।

संघका अनुसार नयाँ मूल्यअनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ४५० रुपैयाँ पर्ने छ । ठूलो साइजको अण्डा प्रतिक्रेट ४६५ रुपैयाँ र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ४८० रुपैयाँ पर्ने छ ।

किसानले लागत उठाउन नसकेकाले मूल्य बढाएको संघका सचिव मदन पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट