क्रिकेट खेलाडीलाई राष्ट्रपतिले दिए शुभकामना-Sutra News

क्रिकेट खेलाडीलाई राष्ट्रपतिले दिए शुभकामना

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी २० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिएका छन् ।



वेष्ट इण्डिज र अमेरिकामा आयोजना हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

नेपाली क्रिकेट टोली आज राति त्यसतर्फ प्रस्थान गर्दै छ । टी २० विश्वकप जुन १ तारिखदेखि सुरु हुँदै छ ।

विश्वकपमा नेपाल समूह ‘डी’मा परेको छ । यस समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग विश्वकपको सुरुवात गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट