एकै सातामा सुनको मूल्य १८ सय रुपैयाँले गिरावट-Sutra News

एकै सातामा सुनको मूल्य १८ सय रुपैयाँले गिरावट

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साता प्रतितोला १८ सय रुपैयाँले मूल्य गिरावट भएको हो ।



गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ३७ हजार २०० रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ थियो ।

यो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोलामा एक लाख ३५ हजार ४०० ले गिरावट हुँदा तेजाबी सुनको मूल्य तोलामा एक लाख ३४ हजार ७५० रुपैयाँ घटेको छ ।

यो सातामा चाँदीको मूल्यसमेत घटेको छ । महासंघका अनुसार यो साता चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।

गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोलामा १६ सय ७५ रुपैयाँ रुपैयाँ थियो भने यो साता प्रतितोला ३० रुपैयाँ घटेसँगै १६ सय ४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट