अर्धशतक बनाएर आउट भए आसिफ सेख-Sutra News

अर्धशतक बनाएर आउट भए आसिफ सेख

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । नेपालका ओपनर आसिफ सेखले अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले वेष्ट इण्डिज ‘ए’विरुद्ध अर्धशतक बनाएका हुन् ।



१७३ रनको लक्ष्य पाएर ब्याटिङमा उत्रिएको नेपालका ओपनर आसिफले ३३ बलमा अर्धशतक पूरा गरेका हुन् । यस क्रममा उनले पाँच छक्का र दुई चौकाको मद्दतले ५१ रन बनाएका हुन् ।

टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङ गरेको थियो । पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले तीन–तीन विकेट लिए । अभिनास बोहराले एक विकेट लिएका थिए । ब्याटिङतर्फ वेष्ट इण्डिजका एलिक अथेञ्जेले सर्वाधिक ४२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट