काठमाडौंका यी क्षेत्रमा भोलिदेखि विद्युत अवरुद्ध हुने-Sutra News

काठमाडौंका यी क्षेत्रमा भोलिदेखि विद्युत अवरुद्ध हुने

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा विद्युत अवरोध हुने भएको छ । विद्युत वितरण लाइन भूमिगत गर्ने भएकाले भोलिदेखि विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।



शनिबार गोरखापत्रमा सूचना जारी गर्दै प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रअन्तर्गतका लाइनमा विद्युत् अवरुद्ध हुने जनाएको हो ।

यी क्षेत्रमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट