रोहित पौडेल बने ‘प्लेयर अफ दि सिरिज’-Sutra News

रोहित पौडेल बने ‘प्लेयर अफ दि सिरिज’

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । वेष्ट इण्डिज ‘ए’सँगको पाँच खेलको श्रृंखलामा नेपाली टोलीका कप्तान रोहित पौडेल ‘प्लेयर अफ दि सिरिज’ बनेका छन् ।



पहिलो खेलमा शतकसहित दुई खेलमा अर्धशतकको पारी खेलेका रोहितले प्लेयर अफ दि सिरिज उपाधिसँगै २५ हजार नगद हात पारेका हुन् ।

एक खेलमा बेञ्चमा बसेका उनले अन्तिम खेलमा कुनै बलको सामना नगरी अविजित रहे । चार खेलमा मैदानमा आएका रोहितले शृङ्खलामा कूल २६५ रन बनाए ।

अन्तिम खेलमा दीपेन्द्रसिंह ऐरी आउट भएपछि मैदान छिरेका रोहितले बलको सामना गर्न परेनन् । शृङ्खलामा वेष्ट इण्डिजका जोन्सन चार्ल्स उत्कृष्ट ब्याट्म्यान र अबेड मक्वे उत्कृट बलर घोषित भए ।

नेपालले पहिलो र अन्तिम खेल जित्दा वेष्ट इण्डिज ‘ए’ले दोस्रो, तेस्रो र चौथो खेल लगातार जितेर उपाधि रक्षा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट