सन्दीप लामिछानेको मुद्दामा आज पेसी, होला त सुनुवाई ?-Sutra News

सन्दीप लामिछानेको मुद्दामा आज पेसी, होला त सुनुवाई ?

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा उच्च अदालतमा आज पेसी तोकिएको छ । पटक–पटक सुनुवाई धकेलिँदै आएको मुद्दामा आज सुनुवाई हुने अपेक्षा धेरैको छ ।



उच्च अदालतले विभिन्न कारण देखाएर तीन पटकसम्म सुनवाई स्थगत गरिसकेको छ ।

यसअघि गत आइतबार आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

लामिछानेका निम्ति टी २० विश्वकपमा स्थान बनाउनका निम्ति यो सुनवाई निकै महत्वपूर्ण छ । यदि उच्चले फैसला दिएमा उनी जाने वा नजाने भन्ने टुंगो लाग्नेछ ।

विश्वकपमा खेलाडी हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट