एक सातामै सुनको मूल्यमा भारी वृद्धि-Sutra News

एक सातामै सुनको मूल्यमा भारी वृद्धि

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । नेपाली बजारमा यो साता सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य प्रतितोलामा १४ सय रुपैयाँले बढेको हो ।



गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ३७ हजार ९०० कायम भएको थियो ।

यो साताको शुक्रबारसम्म आइपुग्दा एक लाख ३९ हजार ३०० रुपैयाँ कायम भएको छ । यो साता सुनको मूल्यले कीर्तिमान बनाउँदै बिहीबार प्रतितोला एक लाख ४० हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, यो साता चाँदीको मूल्य तोलामा टछ रुपैयाँले बढेको छ । गत साता १७ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य यो शुक्रबार १८ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट