पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु-Sutra News

पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । तनहुँको बन्दीपुर २ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ ।



जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर ६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरूको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अन्य चार जना सकुशल रहेका छन् ।

मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट