बालुवाटारमा सत्ता पक्षको बैठकमा कांग्रेसको प्रवेश, संसद बैठकबारे छलफल हुँदै-Sutra News

बालुवाटारमा सत्ता पक्षको बैठकमा कांग्रेसको प्रवेश, संसद बैठकबारे छलफल हुँदै

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।



सत्तारुढ दलका शीर्ष नेताहरू छलफल गरिरहेकै बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरू पनि बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच जारी छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्रीले यसअघि आजै बिहान कांग्रेसका नेताहरूसँग छलफल गरेर सहकारी प्रकरणमा संसदीय समिति बनाउन सहमति जनाएका थिए ।

सहकारीको रकम हिनामिना प्रकरणमा प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय छानबिन समिति माग गर्दै आएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछाने पनि संलग्न रहेको भन्दै कांग्रेसले उनीविरुद्ध पनि छानबिन हुनु पर्ने माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट