फेरि विश्वसको मत पाउनेमा प्रचण्ड ढुक्क, तमासा मात्रै भएको माधव नेपालको भनाइ-Sutra News

फेरि विश्वसको मत पाउनेमा प्रचण्ड ढुक्क, तमासा मात्रै भएको माधव नेपालको भनाइ

शनिबार, ५ जेष्ठ २०८१

शनिबार, ५ जेष्ठ २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारको संसद अवरोध हट्ने दाबी गरेका छन् ।



नेकपा माओवादी केन्द्र अध्यक्षसमेत रहेका प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको बताउँदै सदनको अवरोध हट्ने बताएका हुन् ।

आगामी जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्बाट विश्वासको मत प्राप्त हुनेमा आफू ढुक्क भएको बताए । यस क्रममा उनले सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी बजेट निर्माण भइरहेका जानकारी दिए ।

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनु पर्नेमा जोड दिँदै प्रचण्डले नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुनु पर्ने बताए ।

यस्तै, सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको राजनीतिक घटनालाई नजिकबाट नियालिरहेको बताए । उनले अहिलको अवस्थामा प्रधानमन्त्री प्रचण्ड निकै व्यस्त रहेको र आफूहरु तमासा मात्रै हेरेर बसेको जिकीर गरे ।

नेपाली राजनीतिकले कुन कोर्स लिने हो ? भन्ने विषयमा अवलोकन गरिरहेको भन्दै उनले मुलुकलाई स्थायित्व गर्ने गरी अघि बढ्न सक्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट