वेष्ट इण्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा नेपालको सानदार जित-Sutra News

वेष्ट इण्डिज ‘ए’विरुद्धको अन्तिम खेलमा नेपालको सानदार जित

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न वेष्ट इण्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी भएको छ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको हो



जितका लागि वेष्ट इण्डिज एले दिएको १७३ रनको लक्ष्य दिए नेपालले ६ बल बाँकी हुँदा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि अनिल साहले सर्वाधिक ५८ रन बनाए । ४१ बल खेलेका उनले चार चौका र चार छक्का प्रहार गरे । यस्तै, ओपनर आसिफ सेखले ३५ बलमा अर्धशतक पूरा गरे । उनले पाँच छक्का र दुई चौकाको मद्दतले ५१ रन बनाए ।

यस्तै, कुशल मल्लले १८ बलमा ३७ रन बनाउँदै नटआउट बने । उनले तीन चौका र तीन छक्का प्रहार गरे । अर्का ओपनर कुशल भुर्तेलले १३ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ५ रन बनाए ।

टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज एले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो । उसका लागि एलिक एथानाजेले सर्वाधिक ४२ रनको योगदान दिए । उनले २९ बल खेल्ने क्रममा एक चौका र तीन छक्का प्रहार गरे ।

यस्तै रोस्टन चेसले ३३, जोनसन चाल्र्सले २४, म्याथ्यु फर्डले २३, कदीम एलियनले ११ र मार्क दयालले ११ रन बनाए ।

बलिङतर्फ नेपालका सोमपाल कामी र सागर ढकालले तीन–तीन विकेट लिए अभिनाश बोहराले एक विकेट लिए ।

शृङ्खलाको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजमाथि चार विकेटको जित निकालेको थियो । त्यसयता लगातार तीन खेलमा पराजित हुँदा सिरिज गुमाइसकेको छ ।

वेष्ट इण्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गर्दैै उपाधि आफ्नो पक्षमा पारिसकेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट