कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा-Sutra News

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । उनीविरुद्धको निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेसँगै सर्वोच्च अदालतले फैसला गरेको हो ।



संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार विज्ञप्ति जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचना दिएका हुन् ।

सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले सर्वोच्चमा फागुन २१ गते रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट