यसकारण खतरनाक हुन्छ बारम्बारकाे गर्भपतन-Sutra News

यसकारण खतरनाक हुन्छ बारम्बारकाे गर्भपतन

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

गर्भावस्था धेरै महिलाहरुको लागि एक संवेदनशील समय हो । तर, कतिपय अवस्थामा विभिन्न कारणले गर्भपतनको अवस्था पनि उत्पन्न हुनसक्छ, जुन आमा र सम्पूर्ण परिवारका लागि पीडादायी हुन्छ ।



कहिलेकाहीँ आनुवंशिक वा जीवनशैलीसँग सम्बन्धित कारणले गर्भपतन हुने गर्छ । गर्भपतन दुई किसिमले गरिन्छ, एउटा औषधि सेवन गरेर र अर्कोमा सर्जिकल उपकरणद्वारा । बारम्बार गर्भपतन गर्दा महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा निकै नराम्रो असर पर्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।

आज हामी गर्भपतनले महिलाको शरीर र मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुराबारे चर्चा गर्दैछाैं ।

गर्भपतनको साइड इफेक्ट

गर्भपतनपछि महिलाले लामो समयसम्म रगत बग्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । यो रक्तस्राव १५ देखि २५ दिनसम्म जारी रहन्छ । यसको असर शरीरमा धेरै रगतको कमी हुने गर्छ ।

कहिलेकाहीँ रगतको अभाव यति धेरै हुन्छ कि महिला रक्तअल्पताको शिकार बन्छन्। यसका साथै गर्भपतनपछि पेट दुख्ने, टर्सन हुने जस्ता समस्याहरु देखा पर्छन् ।

महिलालाई चक्कर लाग्ने, वाकवाकी हुने जस्ता समस्या पनि देखिने गर्दछ । गर्भपतन गरेपछि पाठेघर र पाठेघरको नली पनि बिग्रन सक्छ ।

बारम्बार गर्भपतन गर्दा पाठेघरको अस्तर यति कमजोर हुन्छ कि पछि गर्भधारण गर्न गाह्रो हुन्छ । गर्भपतनपछि अधिकांश महिलाको महिनावारी अनियमित हुन्छ । कसैलाई बढी र कसैको कम रगत बग्छ।

पाठेघर फुट्ने जाेखिम

बारम्बार गर्भपतन गराउने हो भने फलोपियन ट्युब पनि बिग्रन्छ, जसले गर्दा भविष्यमा गर्भधारण गर्न कठिनाई हुन सक्छ ।

सर्जिकल गर्भपतन पछि, पाठेघरमा कहिलेकाहीँ घाउ र चोटहरूको कारण क्षतिग्रस्त हुनसक्छ । सेप्टिक र सेप्सिस संक्रमणको जोखिम बढ्छ।

यदि गर्भपतन बारम्बार भइरहेको छ भने, पाठेघर फुट्ने जोखिम धेरै गुणा बढ्छ। कहिलेकाहीँ यस्ता जोखिमका कारण महिलाको मृत्युसमेत हुने गरेको छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट