भ्रष्टाचार गर्ने तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर-Sutra News

भ्रष्टाचार गर्ने तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध मुद्दा दायर

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर, वडाध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसहित सात जानविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।



उपभोक्ता समिति बनाएर बाटो निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, इञ्जिनियर रुद्रबहादुर वली, असिस्टेन्ट सब–इञ्जिनियर हर्कधन बुढाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो । त्यस्तै उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाय, सचिव धनपति ऐडी, कोषाध्यक्ष पुनी ऐडी र चंखेली ३ का वडाध्यक्ष शालिग्राम एडीविरुद्ध मुद्दा परेको छ ।

अख्तियारका अनुसार उनीहरूले हुम्लाको सुकिचौरैदेखि चिमाङसम्मको बाटो निर्माण गर्दा कामको बढी मूल्यांकन गराएको, झुटा बिल तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी पेस गरेको अख्तियारको ठहर छ । उनीहरूविरुद्ध दुई लाख २२ हजार बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट