सुनको मूल्यमा भारी गिरावट, आजको मूल्य कति ?-Sutra News

सुनको मूल्यमा भारी गिरावट, आजको मूल्य कति ?

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य भारी गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ गिरावट भएको हो ।



आइतबार स्थिर रहेको छापावाल सुनको मूल्य आज ११ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, महासंघका अनुसार सोमबार तेजाबी सुनको मूल्य एक लाख ३७ हजार ७५० रुपैयाँमा करोबार भइरहेको छ । आइतबार तेजाबी सुनको मूल्य एक लाख ३८ हजार ६५० रुपैयाँमा करोबार भएको थियो ।

चाँदीको मूल्य आज एक हजार ७०५ रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट