आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

आज २०८१ वैशाख १३ गते बिहीबार । सन् २०२४ अप्रिल २५ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २९ बजे भयो भने सूर्यास्त साँझ ६ बजेर ३४ बजे हुनेछ ।



मेष

सोचेभन्दा कमै फाइदा मिल्ने र आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्ने समय छ । श्रमको उचित मूल्य पनि नमिल्न सक्छ । इर्ष्या गर्नेहरूले दुःख दिन सक्छन् । तथापि, आरोग्यता बढ्ने र आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । साथीभाइको साथ प्राप्त हुनेछ ।

बृष

सरसापटमा धन खर्च हुने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउला । आयआर्जन राम्रै हुनेछ तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आफन्तको सहयोग प्राप्त होला ।

मिथुन

एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । दिगो आम्दानी हुने काम सुरु होला । प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ । व्यस्तता बढे पनि मनोकूलको काम सम्पन्न हुने योग रहेकोले मन प्रशन्न रहनेछ ।

कर्कट

भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ भने ब्यवसायमा राम्रै लाभ होला । आजको दिन काममा अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । अध्ययन–अध्यापन कार्यमा उत्साह भरिने छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह

परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने दिन छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । यशवर्चश्व वृद्धि हुनेछ । रोकिएको काम अघि बढ्ने योग छ ।

कन्या

सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ, तर आज आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । काममा परिवारजनको साथ मिल्नेछ । हासविलास तथा खेलकुदलगायतका क्रियाकलापमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्ने देखिन्छ ।

तुला

सामाजिक काममा रुचि बढ्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्ला । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । रोकिएको कुनै विशेष काम छ भने आज पुनः प्रयत्न गर्नु हितकर हुनेछ । लगानी बढ्नेछ भने खर्चमा सामान्य वृद्धि होला । रसराग तथा विलासी कार्यमा आकार्षण रहनेछ ।

बृश्चिक

बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला । व्यापार व्यवसायमा भने लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । आयस्रोत वृद्धि हुने योग छ । स्वास्थ्यमा सुधार आउने छ ।

धनु

न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउनेछ । पठनपाठनमा समय दिन नसकिएला । नचिताएको ठाउँमा खर्च हुन सक्छ, मितव्ययी बन्नुहोला । धर्मकर्ममा आकर्षण बढ्नेछ । यात्रा सफल हुनेछ ।

मकर

केही प्रतिस्पर्धा गर्नु पर्ने समय भएपनि कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला । शत्रुपक्ष सक्रिय हुन सक्छ, तर जित तपाईंकै हुनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ । आफन्तजनको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउ नेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । मित्रजनको साथ मिल्ने र सुख शान्ति प्राप्तिको योग छ ।

मीन

सेवामूलक कामबाट धनलाभ होला । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्नेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिने योग छ । दाम्पत्यसुख बढ्नेछ । आफन्तबाट टाढिनुपर्ने समय छ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त होला । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ । भय र भ्रम हट्नेछ समय छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट