साताको पहिलो दिन तुला र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

साताको पहिलो दिन तुला र धनु राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

आइतबार, १६ बैशाख २०८१

आइतबार, १६ बैशाख २०८१

आज मिति २०८१ वैशाख १६ गते आइतबार । सन् २०२४ अप्रिल २८ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३५ मिनेटमा हुनेछ ।



मेष

सामान्य प्रयासबाटै काममा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रका अधुरा काम बन्ने समय छ । मित्रजनले काममा सहयोग जुटाउनेछन् । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ मिल्ने योग छ । दाम्पत्य सुख र आनन्द बढ्नेछ । खेलकूद र भ्रमणमा अनुकूलता रहनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

बृष

अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ने समय छ । कुनै विशेष निर्णय गलत ठाउँमा पर्न सक्छ, सचेत रहनु हितकर होला । कडा प्रायस गरे पनि सफलता हात नलाग्ने र वादविवादमा पर्न सकिने योग छ, सावधान रहनुहोला । कामको बोझले थाकेको महसूस होला । घर९गृहस्थीमा पनि सामान्य समस्या आउन सक्छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन

नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि शिक्षा क्षेत्रमा सफलता हासिल गर्न सकिने समय छ । ब्यापारबाट राम्रै लाभ मिल्नेछ, तर कार्यमा हैरानी बढ्न सक्छ । मन दुविधाग्रस्त रहला । सामाजिक काममा नाम रहने छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । बुद्धिको प्रयोगले समस्याको समाधान प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुने योग छ ।

कर्कट

व्यस्तता बढ्नेछ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ र, यसले मान प्रतिष्ठा पनि दिलाउला । काम बन्नाले मन रमाउने छ । भौतिक सुख९सुविधाको साधन प्राप्ति हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । मिठो भोजन प्राप्त हुने दिन छ । आरोग्यता रहला । पारिवारिक सुख मिल्नेछ ।

सिंह

बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्न सक्ने समय छ, सचेत रहनुहोला । यात्रामा रमाइलो हुनेछ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने योग छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारबाट टाढा बस्नुपर्ने समय छ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आजको दिन पीडा दिनेहरू सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । खर्च गर्दा पनि विशेष सावधानी अपनाउनुपर्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । खानपानमा सजग रहनुहोला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

बुद्धिविवेकले राम्रो काम गर्ने र चुनौतीहरू सजिलै पार लाग्ने समय छ । अनायासै ठिक निर्णय हुनेछ । आर्थिक पक्ष सबल रहला । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । पाहुना आगमनको योग छ । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक

प्रतिस्पर्धीहरू पराजित हुनेछन् भने आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । व्यापार–व्यवसायमा पनि राम्रै फाइदाको सम्भावना छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । सुखसुविधाको वस्तुमा खर्च होला ।

धनु

सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ने समय छ । मित्रवर्गबाट साथ–सहयोग पाइनेछ । घरायसी कार्यमा सामान्य समस्या रहन सक्छ । कमाइ भने रामै्र होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ, होसियारीपूर्वक कार्य गर्नुहोला । प्रेमभाव र सुख बढ्नेछ । दाम्पत्य सुख रहला ।

मकर

कर्मबल बढ्नेछ । खर्चको मात्रा बढेपनि नयाँ काम सुरु गर्ने समय छ । नियमित काममा ढिलासुस्ती आउनुका साथै आर्थिक हानीको सम्भावना छ, सचेत रहनुहोला । स्वास्थ्यमा पनि सामान्य समस्या पर्न सक्छ । अरूको भर पर्दा काममा धोका हुने योग छ । मिठो भोजन प्राप्त होला । समस्यामा नियमकानूनले साथ दिनेछ ।

कुम्भ

काममा सोचे जति फाइदा नभएपनि मन खुशी नै रहला । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ । बन्न लागेको काम बिग्रन सक्ने योग रहेकोले सावधानीका साथ काम गर्नु हितकर हुनेछ । पराक्रम बढ्नेछ र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

व्यवसायबाट लाभ हुने समय छ । नयाँ काम सुरु गर्नु हितकर होला । व्यापारमा राम्रै धनलाभ हुनेछ । सामान्य खर्च र जोखिम पनि बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । साझेदारीको काम बन्नेछ । कुनैपनि समस्याको समाधान मिल्नेछ भने मिठो भोजन प्राप्त हुने दिन छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट