आज आमाको मुख हेर्ने दिन, तपाईको राशी कस्तो ?-Sutra News

आज आमाको मुख हेर्ने दिन, तपाईको राशी कस्तो ?

बुधबार, २६ बैशाख २०८१

बुधबार, २६ बैशाख २०८१

आज मिति २०८१ वैशाख २६ गते बुधबार । सन् २०२४ मे ८ तरिख । नेपाल सम्बत ११४४ चौलागा औंसी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः१९ बजे भयो भने सूर्यास्त साँझ ६ः४१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफलः



मेष

भविष्यका लागि विशेष काममा जग बसाउने अवसर आएको छ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने योग छ । शुभ समाचार प्राप्त हुनेछ । अनुकूलता वृद्धि हुनेछ । आमोदप्रमोदमा रम्ने समय छ ।

बृष

आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्य पनि सामान्यरूपले कमजोर रहला । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । काम पूरा नहुनाले मन उदास तुल्याउला । आरोग्यता भने बढ्नेछ । मिठो भोजन प्राप्त होला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन

लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्ने दिन छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुने योग रहेको छ । साथीभाइको सहयोगले हिम्मत दिलाउला । तथापि, समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । आजको दिन लेनदेन नगर्नु हितकर हुनेछ । विगतका समस्या बल्झिन सक्छन्, सावधान रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

समय चुनौतीयुक्त छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । चोरी वा ठगीमा परिने सम्भावना छ भने अनावश्यक दौडधुपमा समय खेर जान सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि भने न्युन रहला । दिनको उत्तरार्द्धमा अनुकूलता बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागको भाव अभिवृद्धि होला । पारिवारिक सुख मिल्नेछ ।

सिंह

मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइने योग छ । रमाइलो यात्रा हुने सम्भावना छ । सार्वजनिक कार्यक्रममा आकर्षण रहला । बौद्धिक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम्पत्य सुख मिल्नुका साथै प्रेमभाव बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने तथा व्यापारमा पनि राम्रै फाइदा हुने दिन छ । कीर्तिमानी काम होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारीसाधन प्रयोग गर्दाचाहिँ विशेष सावधानी अपनाउनु हितकर होला । यशवर्चश्व बढ्नेछ भने विलासी काममा आकर्षण रहनेछ । प्रेमभाव बढ्नेछ ।

बृश्चिक

समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने तथा लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रमको उचित मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । कामको चापबाट फुर्सद मिल्नुका साथै रमाइलो यात्रा गर्ने अवसर जुट्ने योग छ । अनुकूलताका साथै पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । सुख सुविधाको वस्तुमा केही खर्च हुन सक्छ ।

धनु

आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साझेदारीमा राम्रो फाइदा होला । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । पराक्रमका साथै मान महत्व वृद्धि हुनेछ । रचनात्मक कार्य काम बन्नेछ भने गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहनेछ ।

मकर

कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । प्रतिष्पर्धीहरुले काममा झमेला पैदा गरिदिन सक्छन्, होसियार रहनुहोला । आजको दिन अरूका विषयमा चासो नदिएकै बेस हुनेछ । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

आजको दिन सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्ने योग छ ।

मीन

महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सन्तान पक्षबाट सुख मिल्ला । मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । आरोग्यता र अनुकूलता बढ्नेछ । रोकिएको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट