आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल-Sutra News

आज तपाईंको दिन कस्तो ? हेर्नुहोस् राशिफल

मंगलबार, १८ बैशाख २०८१

मंगलबार, १८ बैशाख २०८१

आज मिति २०८१ वैशाख १८ गते मंगलबार । सन् २०२४ अप्रिल ३० तारिख । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ । अब सुरू गराै राशिफलः



मेष

ब्यस्तता बढ्नुका साथै आर्थिक उपार्जनमा सुधार आउनेछ । मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउला । परोपकारका कार्यमा मन जानेछ । अधुरा काम बन्ने र नयाँ काम पाइनेछ भने प्रेममा सफलता मिल्ने समय छ । कृषिकार्यमा फाइदाको योग रहेको छ । अनुकूलता वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त होला ।

बृष

बोलीको प्रभाव बढ्ने र आर्थिक समुन्नति मिल्ने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने मानसम्मान एवम् धनलाभ होला । आर्थिक कारोबार हुने दिन रहेको छ । आफन्तसँग भेटघाटको अवसर मिल्ने देखिन्छ । दाम्पत्य सुख र आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख रहनेछ । उत्साह बढ्नेछ ।

मिथुन

आजको दिन केही चुनौतीयुक्त रहला । खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कुनै कार्यको सफलता मिल्ने बेलामा बादविवाद हुन सक्छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्ने योग भएकोले विशेष सचेत रहनु हितकर होला । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । आरोग्यता रहने र साहस कायम हुनेछ । यात्रा सफल रहनेछ ।

कर्कट

आँटेगरेका काम पूरा भइ धनलाभ हुनसक्ने समय छ । धार्मिक तथा सामाजिक कामको दायित्व थपिन सक्छ । मानसम्मान मिले पनि मनमा कता–कता डरको भाव रहला । तथापि व्यवसायमा अनुकूल परिवर्तनको योग छ । आरोग्यताका साथै प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ । पारिवारिक सुख मिल्ने दिन छ ।

सिंह

दिन सुखमय रहला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । नसोचेको ठाउँबाट आर्थिक लाभको सम्भावना छ । व्यस्तताका साथै धन मान महत्व बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहनेछ ।

कन्या

आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ भने नयाँ ज्ञान सिक्ने अवसर मिल्ला । व्यावसायिक यात्राको सम्भावना छ । सहयोगीहरूबाट उचित सहयोग पाइएपनि पारिवारिक असमझदारी र बन्धुबान्धवसँग मनमुटावको योग रहेकोले सावधान रहनुहोला । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनुहोला । पारिवारिक समस्याले पिरोल्ने समय भएपनि बिस्तारै समाधानतिर उन्मुख हुनेछ । केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । स्वास्थ्यगत समस्या रहला । यसका बाबजुद विलासी काममा आकर्षण बढ्नेछ । यात्रामा रुचि रहला ।

बृश्चिक

समय राम्रो छ । कठिन काममा सक्रियता बढ्ला । आजको दिन पुराना साथिसंगीसँग भेटघाट गर्ने अवसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । अध्ययन–अध्यापनमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्ने र काममा उत्साह जाग्ने योग छ । आरोग्यता र सुख वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । शुभ काममा आकर्षण बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

आजको दिन रमाइलैसँग बित्ला । विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । सन्तानपक्षबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछ । खेलकुद र भ्रमणका कार्यमा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर

दिन मिश्रित फलदायी रहला । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । तर घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउन सक्छ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् । व्यस्तता वृद्धि हुनेछ । सन्तानको सुख प्राप्त हुनेछ । दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ

सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त होला । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्ने योग समेत रहेकोले धैर्यशील रहनु हितकर हुनेछ । कर्मबल बढ्नेछ तर लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ, सावधान रहनुहोला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

आजको दिन दुर्गमस्थानको भ्रमण या कतै यात्राको सम्भावना छ । विद्यार्थी वर्गको पढाइलेखाइमा प्रगति हुनेछ । काममा सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । तर, अनावश्यक खर्च हुने, कर्जा बढ्ने र चोटपटक लाग्न सक्छ, सावधान रहनुहोला । लेखन प्रकाशनसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट