रविले ‘रातो पासपोर्ट’को कुरा झिकेपछि सभामुखलाई धनराजले लेखे पत्र-Sutra News

रविले ‘रातो पासपोर्ट’को कुरा झिकेपछि सभामुखलाई धनराजले लेखे पत्र

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधिसभा सदस्य धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै सभामुखसमक्ष निवेदन दिएका छन् । सदनमा सम्बोधनका क्रम झुट कुरा गरेर संसदको अवहेलना गरेको भन्दै गुरुङले कारबाहीको माग गरेका छन् ।



आइतबार सदनमा सम्बोधनका क्रममा लामिछानेले रातो पासपोर्ट काण्डबारे चर्चा गरेका थिए । आफूलाई जोडेर लामिछानेले अभिव्यक्ति दिएपछि गुरुङले निवेदन दिएका हुन् ।

गृहमन्त्री लामिछानेले ‘अदालतबाट सफाइ पाइसकेको रातो कुटनीतिक पासपोर्टको विषयलाई तोडमोड गरी आम नागरिकबीच भ्रम सिर्जना गर्न खोजेको’ गुरूङको भनाइ छ। तथ्यहीन कुरा बोल्दा संसदको अवहेलना हुन पुगेको गुरूङको ठहर छ ।

“उहाँले बोलेका कुरा पुष्टि गर्न म चुनौती दिन चाहन्छु, पुष्टि नभएमा उहाँमाथि कारबाही गर्न माग गर्दछु”, सांसद गुरूङले भनेका छन्।
गृहमन्त्री लामिछानेलाई सो कुराको पुष्टि गर्न पनि गुरुङले चुनौती दिएका छन् ।

उपसभापति गुरुङले २०६४ असोज २४ गते सर्वोच्च अदालतले गरेको फैसलाको प्रतिलिपी पनि निवेदनसँगै पेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट