युवा उद्यमी प्रदिप श्रेष्ठ ‘युवा उद्यमी अवार्ड’बाट सम्मानित-Sutra News

युवा उद्यमी प्रदिप श्रेष्ठ ‘युवा उद्यमी अवार्ड’बाट सम्मानित

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । युवा व्यवसायी प्रदीप श्रेष्ठ यस वर्षको युवा इन्टरपेनर अवार्डद्वारा सम्मानित भएका छन् । बिगत १८ वर्षदेखि शहरी व्यवस्थापनको क्षेत्रमा ठुलो लगानी गरीरहेका श्रेष्ठलाई एक्जिटो इभेन्ट, अस्ट्रेलियाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सो अवार्डबाट सम्मान गरेको हो ।



प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगरले उनलाई सो अवार्ड प्रदान गरेकी थिइन् ।

एक्जिटो एक्सेलेन्स अवार्ड २०२४ अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गर्ने क्रममा ब्यवसायी श्रेष्ठसँगै सामाजिक अभियान्ता तथा पाइलट विजय लामा, गायिका रचना रिमाल, नायिका स्वस्तिमा खड्का, बैंकर मनोज ज्ञवाली लगायतलाई बिभिन्न विधामा अवार्ड प्रदान गरीएको थियो ।

सामाजिक, व्यावसायिक तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरुलाई उक्त अवसरमा अवार्ड प्रदान गरिएको अनुजा मिडियाका सिइओ अनुजा आचार्यले जानकारी दिइन् । एक्जिटो इभेन्ट्सका डाइरेक्टर सफरिन सिलवालको अध्यक्षतामा कार्यक्रम भएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट