आज तपाईंको दिन कति शुभ ? राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ ? राशिफलमा के छ ?

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

आज मिति २०८१ जेठ ७ गते सोमबार । सन् २०२४ मे २० तारिख । नेपाल सम्बत ११४४ बछलाथ्व त्रयोदशी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर १२ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४८ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

मेहनत गर्दा अवसर पाइनेछ, तर मुस्किलले मिलेको अवसर हातबाट गुम्न सक्छ । तपाईंका कमजोरीप्रति आफन्तजनले टिप्पणी गर्लान्, ध्यान दिएर काम गर्नु होला । कसैले दिएको उपहार आजको दिन ग्रहण नगर्नु हितकर हुनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्ने योग छ । आफन्तसुख प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्ने छ ।

बृष

व्यस्तता बढ्ने छ । नयाँ काममा हात हाल्ने समय आएको छ । कीर्तिमानी काम सम्पादन होला । आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ला । टाढाको यात्रा पनि हुन सक्छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्ने छन् । मान र विद्या प्राप्त होला । मान महत्व धन बढ्ने छन् । रसरागको भावना वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । आफन्तको सहयोग प्राप्त होला । परिवारिक सुख बढ्ने छ ।

मिथुन

उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुने समय छ । खर्च लागे पनि आज चिताएको काम बन्ने छ । साथीभाइहरूबाट फाइदा उठाउन सकिएला । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । काममा झमेला निम्तिए पनि हिम्मतले काम बनाउन सकिने छ । पराक्रम बढ्ने छ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । ख्याति फैलिने छ । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट

आजको दिन अस्वस्थताका बीच कामको बोझ बढ्ने छ । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीतलिंगी वा हितैसी मित्रहरूले साथ दिनेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्दा मन खिन्न रहला । आज कुनै अवसर प्राप्त भए पनि शत्रुपक्षको चलखेलका कारण लाभ नमिल्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । आफ्नै बल विवेकले काम राम्रो हुनेछ ।

सिंह

मिश्रित फलदायी दिन छ । आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहला । खानपानमा सजक रहनु हितकर हुनेछ । अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । रसरागमा आकर्षण बढ्ने छ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्ने छ ।

कन्या

सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । भोगविलासमा मन रमाउला । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ । पढाइलेखाइमा प्रगति होला । विशेष उपहार हातलागी हुने योग छ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ने छ । उच्चाधिकारीको साथ मिल्ने छ ।

तुला

प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर होला । विपरीतलिंगीहरूको माध्यमबाट बढी लाभ होला । काम रोकिएको छ भने पुनः प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ । रसरागको भाव बढ्ने छ ।

बृश्चिक

आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ । विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिने छन् । आफ्नाबाटै धोका पाइने छ । अनायसै खर्च पनि हुन सक्छ । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहने छ । आरोग्यता वृद्धि हुनेछ । रसरागमा रुचि बढ्ने छ ।

धनु

काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । आज आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । कतै मानसम्मान र मिष्ठान्न भोजन प्राप्त हुन सक्छ । नजिकका साथीभाइ टाढिए पनि नयाँ मित्रताको सम्बन्ध गाँसिने समय छ । रसरागमा आकर्षण बढ्ने छ ।

मकर

विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइने समय छ । धनलाभ पनि होला । दिगो आम्दानी हुने काम सुरु भएपनि परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, सावधान रहनुहोला । विगतका कमजोरी सच्याउने मौका मिल्ने योग छ । समयको सदुपयोग गर्न विशेष पहलकदमी अपनाउनुहोला । काममा सफलता प्राप्त हुनेछ ।

कुम्भ

आजको दिन अधैर्यपना बढ्नुका साथै काम नबन्ने त्रासले सताउन सक्छ, जबकि कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने योग छ । यात्रा वा सवारीसाधनको उपयोग गर्दा चाहिँ आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । अध्ययन तथा अध्यापनमा आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । इष्टमित्रको साथ मिल्नेछ ।

मीन

आज परिस्थिति अलिक संघर्षमय रहला । सोचेको काम समयमा नबन्नाले असन्तुष्टि बढ्ने समय छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउने देखिन्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । सन्तानसुख प्राप्त हुनेछ । भोगविलासमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट