सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते-Sutra News

सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते

सोमबार, ७ जेष्ठ २०८१

सोमबार, ७ जेष्ठ २०८१

काठमाडौं । दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको बस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ७ कटकुवा नजिक दुर्घटना भएको हो ।



दुर्घटनामा दुल्लु नगरपालिका १० गमौडी घर भई हाल ठाकुरबाबा नगरपालिका ५ नेउलापुर बस्दै आएका ६५ वर्षीय शेरबहादुर खड्का र दैलेख डुङ्गेश्वर गाउँपालिका ६ का भीमसेन राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

उनले गाडीमा सवार अन्य २१ जना घाइते भएको बताउँदै एक जनाको अवस्था गम्भीर भएको बताए । घाइतेको कर्णाली प्रदेश अस्पताल सुर्खेत र वीरेन्द्रनगरका केही मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट तल खसेर रूखमा अड्किँदा थप मानवीय क्षति हुनबाट जोगिएको जनाइएको छ । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।(

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट