आज सिंह, तुला र कुम्भ राशीलाई लाभलाभै, अन्य राशीको दिन कस्तो ?-Sutra News

आज सिंह, तुला र कुम्भ राशीलाई लाभलाभै, अन्य राशीको दिन कस्तो ?

बुधबार, १९ बैशाख २०८१

बुधबार, १९ बैशाख २०८१

आज मिति २०८१ वैशाख १९ गते बुधबार । सन् २०२४ मे १ तारिख । नेपालमा सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३७ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने समय छ । तथापि, शुभचिन्तकहरूको साथले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ । स्वास्थ्यमा सामान्य कमजोरी रहला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । व्यावसायिक काममा केही चुनौती देखापर्ने योग छ । आफन्तसुख प्राप्त हुनेछ । मित्रजनको साथ प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

बृष

टाढिएका आफन्तसँग पुनर्मिलन हुने दिन छ । नोकरीतर्फ हुनेहरूका लागि समय शुभदायक रहला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुऱ्याउनेछ । स्थायी सम्पत्तिमा केही विवाद आउने यो छ । आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ । दाम्पत्य सुका साथै सामर्थ्य वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व बहनमा आजको समय बित्नेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्ने सम्भावना छ । आजको दिन सवारीसाधन एवम् हातहतियारको उपयोग सावधानीसाथ गर्नु हितकर हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । मनोकूलको काम बनेर मन प्रशन्न रहला ।

कर्कट

नियमित काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ, विशेष सतर्क रहनुहोला । आर्थिक अभावले सताउन सक्छ । तपाईंका कमजोरीको अरुले फाइदा उठाउन सक्छन् । परिवारका विशेष सदस्यको स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ, ध्यान राख्नुहोला । प्रेमभाव र पराक्रम बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफ्नै बलविवेकले काम गर्नु हितकर हुनेछ ।

सिंह

आजको दिन समाजसेवा र परोपकारका कार्यमा मन जानेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । धैर्य राख्न नसक्दा हातमा आएका अवसर गुम्न सक्छन् । स्वास्थ्य पनि कमजोर रहन सक्छ । खानपानमा सजग रहनु हितकर होला । व्यस्तता बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्ने योग छ ।

कन्या

विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ, सचेत रहनुहोला । जीवनसाथीलाई केही पीडा हुने योग रहेको छ । रोकिएका काम बन्नाले उत्साह जाग्ला । पराक्रम बढ्नेछ । हासविलास तथा खेलकुदमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला

सहयोगीको राम्रो साथ पाइनेछ । तर, महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला । आफ्ना काममा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन् । शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्ने योग छ । मिठो भोजन प्राप्त होला । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । विलासी कार्यमा सफलता प्राप्त हुनेछ ।

बृश्चिक

अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहला । परिस्थितिलाई पछ्याउन नसक्दा अलिक पछि परिनेछ । घरखर्च बढ्नेछ तर आयआर्जनमा कमी आउने सम्भावना छ । रसरागमा रुचि बढ्ने समय छ । मान महत्व वृद्धि होला ।

धनु

मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने समय छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला । अरूको भरपर्दा काम बिग्रन सक्छ, सावधन रहनुहोला । लगानी वा खर्च वृद्धि हुनेछ । यात्रामा सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला ।

मकर

दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ भने सन्तान पक्षबाट प्रसन्नता मिल्नेछ । यात्रा सुखद रहला । धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । आयबल बढ्नेछ । विजयश्री प्राप्त हुनेछ ।

कुम्भ

कृषिकर्म तथा पशु व्यवसायबाट राम्रो फाइदा हुने समय छ । स्थायी सम्पत्ति आर्जन होला । बाहिरी यात्रामा भने कष्ट हुने देखिन्छ । साझेदारीमा विवादको योग छ । रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन् । सार्वजनिक कार्यक्रममा आकर्षण जाग्नेछ । मित्रजनको साथ मिल्नेछ ।

मीन

निजी व्यवसाय तथा कृषिकर्ममा परिश्रमको तुलनामा न्यून उपलब्धि हासिल होला । विपरीतलिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने समय छ । सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ, ख्याल राख्नुहोला । अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ । ऋण रोग र शत्रु माथि विजय प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । भोगविलासमा आकर्षण रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट