आज बृष, सिंह र मकर राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?-Sutra News

आज बृष, सिंह र मकर राशीको दिन शुभ, तपाईंको दिन कस्तो ?

बिहिबार, २० बैशाख २०८१

बिहिबार, २० बैशाख २०८१

आज मिति २०८१ वैशाख २० गते बिहीबार । सन् २०२४ मे २ नेपाल सम्बत ११४४ चौलागा अष्टमी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः२३ बजे भयो भने सूर्यास्त साँझ ६ः३८ बजे हुनेछ । अब सरु गरौँ आजको राशिफलः



मेष

आजको दिन अलिक चुनौतीयुक्त छ । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउला । सहयोगी वा हितैषीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्छन्, सचेत रहनुहोस् । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष

दिन शुभदायी छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । व्यापार(व्यवसायमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मिथुन

सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट चाहिँ सामान्यमात्र लाभ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट

आजको दिन बाध्यतापूर्ण काममै बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहने छ । लेनदेनमा विवाद आउने योग रहेकोले सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । यसका बाबजुद आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह

काममा लगानीको समय छ । प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्ला । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्राको योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

आजको दिन आम्दानी राम्रै होला तर परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । आफन्तजनको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला

अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने दिन छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । विलासी काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक

स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तथापि काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । आरोग्यता र सुख वृद्धि हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु

विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने दिन छ । आरोग्य वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मकर

धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्नेछ । व्यस्तता वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ

दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । स्थानान्तरण या टाढाको यात्राको योग छ । समय उत्साहवर्द्धक रहला । आरोग्यता र आयबल बढ्नेछ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन

कर्मबल बढ्नेछ । सामाजिक कामको दायित्व बढ्ला । श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट