आज बृष, कन्या र धनु राशीको भाग्योदय, अरू राशीको दिन कस्तो ?-Sutra News

आज बृष, कन्या र धनु राशीको भाग्योदय, अरू राशीको दिन कस्तो ?

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

आज मिति २०८१ वैशाख १७ गते सोमबार । सन् २०२४ अप्रिल २९ तारिख । आज नेपालमा सूर्योदय बिहान ५ बजेर २६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३६ मिनेटमा हुनेछ । अब सुरू गराैँ राशिफलः



मेष

रोकिएका काम सम्पादन हुने तथा सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ जिम्मेवारी हात लाग्ला । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता बढ्नेछ । अध्ययन तथा अध्यापनमा राम्रै प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने योग छ । दाम्पत्यसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यात्रामा सफलता प्राप्त हुनेछ । धन यश मान वृद्धि हुनेछ । मनोकूलको काम बन्नेछ ।

बृष

भाग्योदयको समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् भने विगतको श्रमबाट राम्रै धनलाभ हुनेछ । प्रशंसकहरू बढ्नेछन् । वैदेशिक यात्रामा पनि लाभ मिल्नेछ । प्रतिस्पर्धा वा मुद्दा मामिलामा विजयी भइनेछ । आरोग्यता र सामर्थ्य वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन

प्रतिष्ठित काम गर्ने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा मिल्ला । दिन उत्साहपूर्ण रहनेछ भने सुखद समाचार सुन्न पाइने योग छ । काममा मातापिताको सहयोग प्राप्त होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । आरोग्यता र प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

कर्कट

आजको दिन केही चुनौतीयुक्त रहला । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । मिथ्या भ्रमणमा समय बित्न सक्छ । सामान्य स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । यी सबका बाबजुद पारिवारिक जमघटमा मन रमाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ ।

सिंह

प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् तर आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । इष्टदेवको पूजा उपासना गर्नाले फाइदा हुनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सवारी साधनको प्रयोगमा भो आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । रोकिएको काम बन्नुका साथै नयाँ काममा पनि सफलता मिल्नेछ ।

कन्या

विशेष सभा समारोहमा सहभागी बन्ने समय छ । आर्थिक अभावले अलिक सताउला । तथापि, रोकिएका काम सम्पादन हुनेछन् भने पठनपाठनमा पनि प्रगति हुनेछ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । हासविलास र भ्रमणमा आकर्षण बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ । ख्याति बढ्ने योग छ ।

तुला

परिश्रम परे पनि काममा सफलता नै मिल्नेछ । आर्थिक उपार्जनमा सुधार आउला । तीर्थाटन, मंगलमय कृत्य आदि सम्पादन गर्ने समय छ । भाग्योन्नतिका कारण सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । धन आर्जन गर्ने मौका जुर्ला । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण रहला ।

बृश्चिक

दिन मनोरञ्जनपूर्ण रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेमको बन्धन कसिने बेला छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिने समय छ । कृषिकर्मम भने केही चुनौती सामना गर्नपर्ला । रसरागमा रुचि बढ्नेछ । भाग्यबल वृद्धि हुने योग छ ।

धनु

काममा चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने समय छ । मान सम्मान बढ्ला । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । कर्मबल वृद्धि हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

मकर

विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । उठ्नुपर्ने रकम पनि हातलागी होला । तर, धेरै श्रमपछि अलिक कममात्र प्रतिफल पाइने समय छ । भएको आम्दानी सञ्चय गर्न नसकिएला । आरोग्यता वृद्धि हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

कुम्भ

सामाजिक कामको दायित्व बढ्नेछ भने पारिवारिक खर्च वृद्धि हुने समय छ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । कर्मफल र अधिकारका लागि अलि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ ।

मीन

नयाँ काम पाउने योग छ । पढाइमा राम्रै उन्नति गरेर अगाढि बढन सकिएला । आाटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । दौडधुप बढेपनि अधुरा काम बन्ने छन् । सन्तानसुख प्राप्त हुनेछ । प्रेमभाव बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट