सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ?-Sutra News

सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ?

बिहिबार, २७ बैशाख २०८१

बिहिबार, २७ बैशाख २०८१

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो ।



जसअनुसार आज छापावाला सुन प्रतितोला ८०० रुपैयाँले घट्दै एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ८०० रुपैयाँले घट्दै एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढ्दै एक हजार ६८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट