विवाहित महिलाले किन लगाउनुपर्छ मङ्गलसूत्र ? यस्ता छन् कारण-Sutra News

विवाहित महिलाले किन लगाउनुपर्छ मङ्गलसूत्र ? यस्ता छन् कारण

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

मङ्गलसूत्र लगाउने कुरा पौराणिक मान्यताहरूमा आधारित छ । मङ्गलसूत्र माता पार्वती र भगवान शिवसँग सम्बन्धित छ।



हरेक विवाहित महिलाले मङ्गलसूत्रको बारेमा जान्नुपर्छ र यसको महत्त्व बुझ्नुपर्छ। किनभने यो सम्बन्धकाे प्रतिक हाे । हिन्दु धर्ममा पनि मङ्गलसूत्रको विशेष महत्व छ । मङ्गलसूत्र एक गहना मात्र होइन, यो दाम्पत्य जीवनको सुरक्षा कवच पनि हो।

मङ्गलसूत्रको अर्थ

मंगलसूत्र दुई शब्द मङ्गल र सूत्र मिलेर बनेको छ । यसमा मंगलको अर्थ ‘पवित्र’ र सूत्रको अर्थ ‘हार’ अर्थात् पवित्र हार हो। विवाहित महिलाले आफ्नो पतिको दीर्घायु, बाँच्न र सुखी दाम्पत्य जीवनको लागि विवाहपछि मङ्गलसूत्र लगाउँछन्। त्यसैले हरेक विवाहित महिलाले मङ्गलसूत्रसँग सम्बन्धित यी कुराहरू जान्नै पर्छ।

उत्तरदेखि दक्षिणसम्म, प्रत्येक विवाहित हिन्दू महिलाको घाँटीमा मङ्गलसूत्र हुन्छ, जुन उनको विवाहको संकेत हो।

मङ्गलसूत्रसँग सम्बन्धित महत्त्वपूर्ण कुराहरू

शास्त्रका अनुसार हिन्दू धर्ममा मङ्गलसूत्रको उत्पत्ति शिव-पार्वतीबाट भएको हो। शिवजीले पार्वतीसँग बिहे गर्दा उनलाई सतीको याद आयो, सतीले हवनको आगोमा हाम फालेर प्राण त्याग गरेको दृश्य सम्झन थाले। त्यसैले भगवान शिवले पार्वतीको रक्षाको लागि कालो मोतीको रक्षासूत्रलाई पहेँलो धागोमा बाँधेका थिए। यसको पहेंलो भागलाई माता पार्वतीको प्रतीक मानिन्थ्यो र कालो मोतीलाई शिवको प्रतीक मानिन्थ्यो। त्यसयता हिन्दू धर्ममा विवाहपछि मङ्गलसूत्र लगाउने चलन बनेको पाइन्छ ।

मङ्गलसूत्रलाई वैवाहिक जीवनको सुरक्षा कवच पनि मानिन्छ। आदिगुरु शंकराचार्यको पुस्तक ‘सौदर्य लहरी’ मा पनि मङ्गलसूत्रबारे चर्चा गरिएकाे छ ।

मङ्गलसूत्रलाई लिएर विभिन्न मान्यताहरू प्रचलित छन्। मङ्गलसूत्रमा ९ वटा माला हुने विश्वास पनि छ, जुन शक्तिको प्रतीक र माता भगवतीको नौ रुपको प्रतिनिधित्व गर्दछ । यी ९ मालालाई पृथ्वी, जल, वायु र अग्निको प्रतीक मानिन्छ।

इतिहासकारहरूका अनुसार मङ्गलसूत्र लगाउने चलन छैठौं शताब्दीदेखि सुरु भएको हो। किनभने यसको प्रमाण मोहनजोदारोको उत्खननमा पनि भेटिएको थियो ।

हिन्दू धर्म मान्ने हरेक महिलाले विवाहपछि घाँटीमा मङ्गलसूत्र लगाउँछन् । यो पतिको लामो आयु र दाम्पत्य जीवनको सुरक्षासँग जोडिएको छ। साथै, यसले पति-पत्नीको सम्बन्धलाई खराब नजरबाट पनि बचाउँछ। तर, मङ्गलसूत्र हराउनु वा फुट्नु निकै अशुभ मानिन्छ।

महिलाको मङ्गलसूत्र धारण गर्नाले कुण्डलीमा मंगल बल प्राप्त हुने वा मंगलदोष हट्ने जनविश्वास रहेको छ ।

मङ्गलसूत्र प्रायः सुनको मात्र लगाइन्छ। ज्योतिषशास्त्रका अनुसार सुनको सम्बन्ध बृहस्पतिसँग छ र बृहस्पतिलाई सुखी र समृद्ध दाम्पत्य जीवनको लागि जिम्मेवार ग्रह मानिन्छ। सुन धारण गर्नाले सूर्यलाई पनि बलियो बनाउँछ।

मङ्गलसूत्रको कालो मोती शनि ग्रहसँग सम्बन्धित छ। शनि जो स्थिरताको प्रतीक हो। यस्तो अवस्थामा सुन र कालो मोतीले बनेको मङ्गलसूत्र धारण गर्दा दाम्पत्य जीवनमा सूर्य, बृहस्पति र शनिको शुभ प्रभाव हुन्छ।

आजकल धेरै प्रकारका मङ्गलसूत्र फेसनको रुपमा बन्न थालेका छन् । तर, मङ्गलसूत्रमा सुनको ढिका र कालो मोती हुनुपर्छ भन्ने कुरा महिलाले ख्याल गर्नुपर्छ । साथै, मङ्गलसूत्र लुकाएर कहिल्यै लगाउनु हुँदैन।

विवाहित महिलाले यो पनि ध्यानमा राख्नु पर्छ कि हिन्दू परम्परामा श्रीमान जीवित रहँदासम्म मङ्गलसूत्र हटाउने व्यवस्था छैन। सुतक, पाटक, ग्रहण वा महिनावारी आदि समयमा पनि यसलाई घाँटीमा लगाउन सक्नुहुन्छ। यो कहिल्यै अपवित्र हुँदैन।

नाेट : प्रस्तुत सामग्री धार्मिक मान्यताहरूमा आधारित छ । सं.

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट