पेस्तोलसहित पुरुष पक्राउ-Sutra News

पेस्तोलसहित पुरुष पक्राउ

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । अटोमेटिक पेस्तोलसहित डाँका चोरी मुद्दाका एक अभियुक्त पोखराबाट पक्राउ परेका छन् ।



पक्राउ पर्नेमा पोखरा महानगर ८ सराङकोटका ३८ वर्षीय नरबहादुर विक रहेका छन् । उनलाई बिहीबार पोखरा महानगर २४ लेकसाइडबाट पक्राउ गरेको हो ।

लेकसाइडस्थित दीपक गिरीको बन्दै गरेको घरमा विकले ९ एमएमको अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली लुकाएर राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट