टी २० आई ब्याटिङ वरीयतामा दीपेन्द्रभन्दा भारतीय कप्तान रोहित पछाडि-Sutra News

टी २० आई ब्याटिङ वरीयतामा दीपेन्द्रभन्दा भारतीय कप्तान रोहित पछाडि

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ब्याटिङतर्फ भारतका रोहित शर्मा र अष्ट्रेलियाका मार्कस स्टोइनिसलाई पछाडि पारेका छन् । आईसीसी टी २० आई वरीयतामा उनले विश्वका दुई हस्तीलाई पछाडि पारेका हुन् ।



अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्रले १० स्थान सुधार गरेका हुन् । उनको १० स्थान सुधार हुँदा रोहित एक स्थान तल खसेको हो ।

नयाँ वरीयताअनुसार दीपेन्द्र ५० औँ स्थानमा छन् । उनीभन्दा पछाडि भारतका ओपनर रोहित छन् । यस्तै, मार्कस ५ २औँ स्थानमा छन् । रोहित यसअघि ५० र मार्कस ५१ औँ स्थानमा थिए ।

पहिलो स्थानमा भारतका सूर्यकुमार यादव रहेका छन् । दोस्रोमा इंग्ल्याण्डका फिल साल्ट छन् । तेस्रो स्थानमा पाकिस्तानमा मोहमद रिवाज, चौथोमा साउथ अफ्रिकाका आडेन मार्कराम, पाँचौमा पाकिस्तानी कप्तान बाबर आजम, छैटौँमा भारतका युवा खेलाडी यश्वेवी जैसवाल रहेका छन् ।

ब्याटिङ वरीयतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ७ स्थान तल झर्दै ५९ औँ स्थानमा पुग्दा टोलीका ओपनर आशिफ शेख १४ स्थान तल झर्दै ८६ औँ स्थानमा पुगेका छन् ।

बलिङ वरीयतामा तीव्र गतिका बलर सोमपाल कामी मात्रै शीर्ष १०० मा अटाएका छन् । उनी १६ स्थान सुधार गर्दै ९२ औँ स्थानमा छन् ।

अलराउण्डरमा दीपेन्द्र ११ औँ स्थानमा रहँदा कुशल मल्ल ३३ औँ, गुल्शन झा ६ स्थान सुधार गर्दै ६० औँ स्थानमा पुगेका छन् । कप्तान रोहित ६३ औँ स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट