नेपाललाई वेष्ट इण्डिज ‘ए’ले दियो १७३ रनको लक्ष्य-Sutra News

नेपाललाई वेष्ट इण्डिज ‘ए’ले दियो १७३ रनको लक्ष्य

शनिबार, २२ बैशाख २०८१

शनिबार, २२ बैशाख २०८१

काठमाडौं । वेष्ट इण्डिज ‘ए’ले नेपाललाई जितका लागि १७३ रनको लक्ष्य दिएको छ । टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले टस हारेर पहिला बलिङ गरेको हो ।



कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेष्ट इण्डिजले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले तीन–तीन विकेट लिए । अभिनास बोहराले एक विकेट लिएका थिए । ब्याटिङतर्फ वेष्ट इण्डिजका एलिक अथेञ्जेले सर्वाधिक ४२ रन बनाए ।

यसअघि भएको पहिलो खेलमा नेपालले वेष्ट इण्डिजमाथि चार विकेटको जित निकालेको थियो । त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको थियो । वेष्ट इण्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट