अदालतबाट सफाइ पाएसँगै अर्थ मन्त्रालय पुगे मरासिनी-Sutra News

अदालतबाट सफाइ पाएसँगै अर्थ मन्त्रालय पुगे मरासिनी

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । सरकारले मधुकुमार मरासिनीलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको छ ।



सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । यसअघि पेमगेट्वेसम्बन्धी मुद्दामा विशेष अदालतबाट सफाइ पाएसँगै उनलाई अर्थ मन्त्रालयमा तानिएको हो ।

अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सचिव मरासिनीसहित आठ जनालाई सफाइ दिएको थियो । उक्त प्रकरणमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई दोषी ठहर गरी मुद्दा दायर भएको छ ।

हालका अर्थ सचिव कृष्णहरि पुष्कर प्रधानमन्त्री कार्यालयमा सरुवा भएको सरकारकी प्रवक्ता तथा सञ्चार मन्त्री रेखा शर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट