विश्व विजेता टोलीसँग खेल्न नेपाली टोलीको घोषणा-Sutra News

विश्व विजेता टोलीसँग खेल्न नेपाली टोलीको घोषणा

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । विश्व विजेता टोली वेस्ट इण्डिज ‘ए’सँग पाँच खेलको शृङ्खला खेल्न नेपाली टोलीको घोषणा भएको छ ।



वेस्ट इण्डिजको टोली शृङ्खला खेल्नका लागि बुधबार नेपाल आइसकेको छ । वेस्ट इण्डिजले आफ्नो टोलीमा विश्वकप खेल्ने प्रमुख खेलाडीहरू समेटेर नेपालमा पठाएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली सार्वजनिक गरेको छ । नेपाली टोलीमा पौडेलसहित आसिफ शेख, कुशल भुर्तेत, अनिश साह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अनिनाश बोहरा, विवेश यादव र आकाश चन्द रहेका छन् ।

वेस्ट इण्डिजबाट आएका टोलीमा रोस्टन चेशको कप्तानीमा ब्याटर जोनसज चार्ल्स, तीव्र गतिका बलर ओवेद म्याककोय, किमो पल, ओसान थोमस, स्पिन अलराउण्डर रोस्टन चेस, गुडाकेश मोती, हेडन वाल्स र फवियन एलेनलगायत खेलाडीहरू रहेका छन् ।

दुई पटक टी २० विश्वकप विजेता टोली वेस्ट इण्डिज ‘ए’ र नेपालबीच शनिबारदेखि खेल हुँदै छ । खेल त्रिवि क्रिकेट मैदानमा हुने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट