भारतमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु, दुई जना घाइते-Sutra News

भारतमा जिप दुर्घटना हुँदा सात नेपालीको मृत्यु, दुई जना घाइते

मंगलबार, २७ चैत्र २०८०

मंगलबार, २७ चैत्र २०८०

काठमाडौं । भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीले ज्यान गुमाएका छन् ।



भारतीय सञ्चार माध्यममा सार्वजनिक भएको विवरण अनुसार दुर्घटनामा अर्का एक जना भारतीय नागरिकले ज्यान गुमाएका छन् । घटनामा दुई जना नेपाली घाइते भएका छन् ।

दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी, ६० वर्षीय गोपाल र ४५ वर्षीय धिरज रहेको जनाइएको छ । उक्त दुर्घटनामा छोटु चौधरी र जनक चौधरी घाइते भएका छन ।

मृतक र घाइतेको नाम सार्वजनिक भए पनि अहिलेसम्म ठेगाना सार्वजनिक भएको छैन । सोमबार मध्यराति १० बजेपछि नेपाली श्रमिकहरू सवार जिप भिरबाट झण्डै दुई सय मिटर तल खसेर दुर्घटनामा परेको जनाइएको छ ।

नेपाली श्रमीक काम सकेर घर फर्किंदै गरेका जिप दुर्घटना भएको हो । गाडीमा चालक ओडाबास्कोट निवासी हरिरामका छोरा राजेन्द्रकुमार (४२)बाहेक नौ नेपाली मजदुर रहेको प्रहरी चौकी प्रमुखले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट