बेल्जियममा दुर्घटना हुँदा नेपाली व्यवसायी युवाको मृत्यु-Sutra News

बेल्जियममा दुर्घटना हुँदा नेपाली व्यवसायी युवाको मृत्यु

शनिबार, १५ बैशाख २०८१

शनिबार, १५ बैशाख २०८१

काठमाडौं । बेल्जियममा सडक दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ । मोल सहरबाट आन्त्वर्पेन जाने क्रममा दुर्घटनाम परी नेपाली युवाको मृत्यु भएको हो ।



पर्वतको जलजला घर भएका वीर फगामी मगरले चलाइरहेको भ्यानमा ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको हो ।

जापानी खानाको व्यवसाय गर्दै आएका उनी आफ्ना रेस्टुराँमा काम गर्ने कर्मचारी लिन भ्यान लिएर आन्त्वर्पेन गएका थिए । गत बिहीबार दिउँसो १ बजेतिर फगामीको भ्यानलाई पछाडिबाट आएको अर्को ट्रकले ठक्कर दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट