नेपाली परिवार गेन्ट बेल्जियमको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न -Sutra News

नेपाली परिवार गेन्ट बेल्जियमको चौथो अधिवेशन भव्यताका साथ सम्पन्न 

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

गेन्ट बेल्जियम । नेपाली परिवार गेन्ट बेल्जियमको चौथो अधिवेशन बेल्जियमकाे लिडिबर्गमा सम्पन्न भएको छ । अधिवेशनले घनश्याम शर्माकाे नेतृत्वमा २३ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ । 



अधिवेशनबाट उपाध्यक्षमा जनक राज सुवेदी, महिला उपाध्यक्षमा शारदा अधिकारी, महासचिवमा बिकल अधिकारी, सचिवमा निर्मल केशव सुवेदी र कोषाध्यक्षमा कृष्ण पुरी चयन भएका छन् ।

कार्यक्रमको बन्दसत्रमा पुरानो (२०२२-२४) कार्यसमितिले गरेका काम र प्रगति विवरणलाई संस्थाका महासचिव जनक राज सुबेदीले प्रस्तुत गरेका थिए भने संस्थाको आय व्यय पनि प्रस्तुत गरिएको थियो ।  

नवनिर्वाचित अध्यक्ष घनश्याम शर्माले गेन्टमा बिस्तारित हुँदै गएको नेपाली समुदायलाई अझ नयाँ तरिकाले समेट्दै सबैको साथ र सहयोग लिएर गेन्टको नेपाली समाजलाई नमुना बनाउने दिशातर्फ अबको नवनिर्वाचित कार्यसमिति अगाडि बढ्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा नेपाली संस्कृति झल्कने विभिन्न प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट