समुन्द्रमा बेपत्ता भएको दुई हप्तापछि शव फेला-Sutra News

समुन्द्रमा बेपत्ता भएको दुई हप्तापछि शव फेला

बिहिबार, ६ बैशाख २०८१

बिहिबार, ६ बैशाख २०८१

काठमाडौं । दुई हप्ताअघि पोर्चुगलको समुद्रमा डुबेर बेपत्ता भएका नेपाली युवकको शव फेला परेको छ ।



सामुद्रिक खाना शंखजन्य जीव (सेलफिस) खोज्ने क्रममा गत चैत २४ गते बेपत्ता भएका धादिङको नेत्रावती डबजोङ गाउँपालिका ५, कटुञ्जेका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता भएका थिए ।

यसअघि उनीसँगै बेपत्ता भएका कटुञ्जेकै ३० वर्षीय धनबहादुर तामाङको शव फेला परेको थियो । उनीहरू नाताम काकाभतिज थिए ।

धनबहादुरको शव घटनाको भएकै भोलिपल्ट फेला परेको थियो । टेकबहादुर बेपत्ता भएका थिए । उनीहरूसँगै गएका अन्य दुई नेपाली सकुशल फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट