क्रिकेटर सन्दीप र पीडितको मुद्दा हेर्न नभ्याइनेमा-Sutra News

क्रिकेटर सन्दीप र पीडितको मुद्दा हेर्न नभ्याइनेमा

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । नेपाली राष्ट्रिय टोलीमा पूर्वकप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।



जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध लामिछानले उच्च अदालत पाटनमा पुनरावेदन मुद्दा दायर गरेका थिए । यस्तै, सरकारी वकिलको कार्यालयबाट पीडित पक्षको तर्फबाट पनि मुद्दा दायर गरेको थियो । दुवै मुद्दा हेर्न नभ्याएनेमा राखिएको हो ।

सन्दीपको मुद्दा न्यायाधीश सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको थियो । गत वैशाख ३ गते भएको सुनुवाइमा लामिछानेको मुद्दामा न्यायाधीशले वडाबाट कागजात मगाउने आदेश दिएका थिए ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जजकमा पीडित भनेकी गौशाला २६ को जन्म भएको नुवाकोटको तादी गाउँपालिका २ बाट जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

अदालतले मागेको गौशाला २६ को निवेदन भने अभिलेखमा नरहेको वडा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट