बिर्सन नसकिने ‘वैशाख १२’को भूकम्प, अझै पनि जोखिम र त्रास उस्तै !-Sutra News

बिर्सन नसकिने ‘वैशाख १२’को भूकम्प, अझै पनि जोखिम र त्रास उस्तै !

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

इतिहासका विभिन्न कालखण्डमा ठूला–ठूला भूकम्प गएका छन् । वि.सं. १९९० भन्दा अगाडि गएका भूकम्पबाट भएको मानवीय तथा भौतिक सम्पत्तिको क्षतिको यकिन छैन । उक्त महाभूकम्प पछि नेपालमा साना अनि ठूला धेरै भूकम्प गएका छन् । सानातिनाको कुनै गणना छैन । यद्यपि, वि.सं. २०४५, २०७२ र २०८० सालका भूकम्प भने सम्झाइरहने खालका छन् ।



वि.सं. २०४५ सालमा पूर्वी नेपाल केन्द्रबिन्दु भएको गएको भूकम्पले ठूलो धनजनको क्षति गर्‍यो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पले मध्य नेपालका थुप्रै भूभागमा क्षति बनायो । २०८० कात्तिक १७ मा जाजरकोट केन्द्रबिन्दु भएर गएको ५.७ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुम आसपासमा ठूलो क्षति गर्‍यो । यस खालका मानवीय तथा भौतिक क्षति पटक–पटक भएका छन् । 

मानिसले विगत बिर्संदा क्षति फेरि पनि दोहोरिएका छन् । यो सबैभन्दा ठूलो विडम्बना हो । 

जापान विश्वमा धेरै भूकम्प जाने देश हो । तर, उसले आफ्ना पूर्वाधार र संरचना भूकम्प प्रतिरोधी बनाउने हुनाले क्षति कम भएको देखिन्छ । नेपालले पनि जापान जस्ता देशहरूबाट सिक्न जरुरी छ । मानिसको अकाल मृत्यु कमजोर संरचनाबाटै भएको हो । भूकम्प आउँछ भन्दा कमजोर संरचना निर्माण गर्नु मानवीय लापरबाही हो । यसलाई सुधार गर्नैपर्छ । अन्यथा फेरि इतिहास दोहोरिन्छ । 

मानिसको अकाल मृत्यु कमजोर संरचनाबाटै भएको हो । भूकम्प आउँछ भन्दा कमजोर संरचना निर्माण गर्नु मानवीय लापरबाही हो । यसलाई सुधार गर्नैपर्छ । अन्यथा फेरि इतिहास दोहोरिन्छ । 

नेपालको इतिहासको लागि ‘वैशाख १२’ कालो दिन हो । २०७२ वैशाख १२ गते ११.५६ बजे आएको विनाशकारी भूकम्पले मध्य नेपाल क्षेत्रमा ठूलाे तहसनहस बनायाे । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको त्यो भूकम्पले गोरखा, धादिङ, नुवाकोट, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुलीलगायतमा उच्च क्षति बनाएकाे थियाे ।

वैशाख १२ को त्यो विनाशकारी भूकम्पले आठ हजार नौ सय ७० जनाको ज्यान लिएको थियो । भूकम्पमा परी हजारौं मानिस घाइते भएका थिए । पशु–चौपायाहरू त कति परे, यकिन भएन । लाखौं घरहरू भत्किए । विकासका पूर्वाधारहरू भत्किए । सांस्कृतिक सम्पदाहरू ढले । व्यक्ति तथा राज्यलाई अरबौं अरबको क्षति भयो । 

२०७२ वैशाख १२ को दिन ढलेको धरहरा । तस्बिर स्रोत : सामाजिक सञ्जाल

पछिल्लो चार दशकलाई केलाउँदा मात्रै तीन वटा ठूला तहका भूकम्प गएका छन् । जसले ठूलो स्तरमा जनधनको क्षति गरेको छ । तर, पटक–पटक क्षति व्यहोरे पनि हामीले भूकम्पबाट जोगिनेगरी कर्म गर्न नसकेको अवस्था छ । अहिले पनि भूकम्पको जोखिम र त्रास उस्तै छ ।

आठ वर्षअघिको त्यो भूकम्पलाई नबिर्सिंदै जाजरकोट केन्द्रबिन्दु भएर २०८० कात्तिक १७ मा गएको भूकम्पले भौतिक क्षति मात्रै गराएन मानवीय क्षति पनि गर्‍यो । भूकम्पमा परि १५७ जनाले ज्यान गुमाए । सयौँ मानिसहरू घाइते भए । जाजरकोट भूकम्पले पनि ठूलो स्तरमा भौतिक क्षति बनाएको छ । 

वैज्ञानिकहरूले धेरै कुरा पत्ता लगाए तर, भूकम्प कहिले जान्छ भन्ने कुरा पत्ता लगाउन सकेनन् । नेपाल भूकम्पको उच्च जोखिम भएको देशमा ११औं नम्बरमा पर्छ । त्यसैले भूकम्पबाट जोगिने पूर्वाधार निर्माण एक मात्र उपाय हो । भूकम्प आउँछ, निश्चित छ । कहिले आउँछ यकिन हुँदैन । सावधानी अपनाउनु एक मात्र बच्ने उपाय हो ।

मानिसको मृत्यु र भौतिक सम्पदाको क्षति पुर्‍याउने मुख्य कारक भूकम्प भए तापनि भूकम्पले भन्दा निर्माण गरेका कमजोर संरचनाले मानिसको मृत्यु गराउँछ । भौतिक सम्पत्तिको क्षति हुन्छ । त्यसैले भूकम्प प्रतिरोधी संरचना निर्माण नै भूकम्पबाट जोगिने राम्रो उपाय हो । भूकम्प राति आउनसक्छ, दिउँसो आउनसक्छ, साँझ आउनसक्छ, कुनै पनि बेला आउनसक्छ । त्योसँग डराएर, भागेर साध्य लाग्दैन । भाग्न सकिँदैन । 

भूकम्पबाट बच्न भूकम्प प्रतिरोधी संरचना बनाएर जोगिन सकिन्छ । भौतिक क्षति कम गर्न सकिन्छ । त्यसैले घर, स्कुल, बाटो, पुल– पुलेसा, मन्दिर, गुम्बा बनाउँदा भूकम्पले क्षति कम हुने बनाउनु पर्छ । सचेतना र सावधानीबाट बच्न सकिन्छ । बचाउन सकिन्छ । 

भूकम्पबाट बच्न भूकम्प प्रतिरोधी संरचना बनाएर जोगिन सकिन्छ । भौतिक क्षति कम गर्न सकिन्छ । त्यसैले घर, स्कुल, बाटो, पुल– पुलेसा, मन्दिर, गुम्बा बनाउँदा भूकम्पले क्षति कम हुने बनाउनु पर्छ । सचेतना र सावधानीबाट बच्न सकिन्छ । बचाउन सकिन्छ । 

राज्यले भवन, पुलपुलेसो निर्माणको आचार संहिता बनाई कार्यान्वयन गर्नुपर्छ । अधिकांश मृत्यु भौतिक संरचना भत्किँदा भएको पाइन्छ । कमजोर भौतिक संरचना निर्माण नै क्षतिको मुख्य कारण हो । 

अहिले पनि नेपालको पश्चिमी भूभाग भूकम्पको उच्च जोखिममा परेको वैज्ञानिकहरूले बताएका छन् । तराई क्षेत्र पनि उच्च जोखिममा छ । जहाँ पाँच सय वर्ष यता ठूलो भूकम्प आएको छैन । त्यहाँ कुनै पनि बेला विनाशकारी भूकम्प आउनसक्ने अध्ययनहरूले बताएका छन् । भूकम्पसँग प्रतिरोध गर्ने भवन, पुलपुलेसा वा पूर्वाधार बनाए मात्र भूकम्पबाट बच्न सकिन्छ । यो नै सत्य हो । सावधानी एक मात्र बच्ने उपाय हो ।

लेखकका अन्य लेखहरू 

छाडा सामाजिक सञ्जाल ! 

शेयर बजारमा किन डुबिरहन्छन् साना लगानीकर्ता ?

तीन महिनाभित्रै पनिकाले परीक्षाको नतिजा दिन सक्छ ?

किन आवश्यक छ कर्मचारीतन्त्रमा पुनर्संरचना ?

टिकटक बन्द गर्नु हुन्थ्यो वा हुँदैन्थ्यो ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट