ऋषि धमला र सौगात मल्ल एउटै फिल्ममा देखिँदै-Sutra News

ऋषि धमला र सौगात मल्ल एउटै फिल्ममा देखिँदै

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । हाल छायांकनमा रहेको फिल्म ‘भाइरल गोर्खे’मा चर्चित पत्रकार ऋषि धमलाले सट दिएका छन् ।



निगम श्रेष्ठको निर्देशनमा निर्माण भइरहेको फिल्मको लागि लिखित सम्झौता भएसँगै धमला सुटिङका लागि लमजुङको भुजुङ पुगेका हुन् ।

कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा रहेका रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष धमलाले पत्रकारकै भूमिका निर्वाह गरेको निर्माण टिमले जानकारी गराएको छ ।

फिल्म सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुने प्रवृत्तिको पछिल्लो समय नियालेर बनाइएको छ । जसमा भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम फिल्ममा देखान पाइने निमार्ण पक्षले बताएको छ ।

सोहीअनुसार धमलालाई यस भूमिकामा लिनुको कारण फिल्मको कथाअनुसार उनैलाई लिनु परेको निर्देशक श्रेष्ठले बताए । फिल्ममा ऋषि धमलाका अलवा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ र लक्ष्मी गिरी मुख्य भूमिकामा रहने छन् ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण हुने फिल्मलाई अमर महर्जनले खिच्ने छन् । फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट