कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या, सुनौलो कालो गाउनमा लाइमलाइट जितिन् (फोटो फिचर)-Sutra News

कान्स फिल्म फेस्टिभलमा ऐश्वर्या, सुनौलो कालो गाउनमा लाइमलाइट जितिन् (फोटो फिचर)

शुक्रबार, ४ जेष्ठ २०८१

शुक्रबार, ४ जेष्ठ २०८१

काठमाडौं । ७७ औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा विश्व प्रसिद्ध हस्तिसँगै अभिनेत्री ऐश्वर्या राय बच्चनले पनि आफ्नो सौन्दर्य देखाइन् । अभिनेत्रीको लुक यतिबेला चर्चाको विषय बनिरहेको छ । हरेक पटक आफ्नो लुकले फ्यानको मन जित्छिन्, यसपटक पनि त्यस्तै भएको छ । उनको लुक देख्ने जो कोहीले तारिफ गर्न बाध्य भएका छन् ।



ऐश्वर्याले रेड कार्पेटमा ग्रान्ड एन्ट्री गर्ने बित्तिकै सबैको नजर उनको लुकमा अड्किएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्विरमा अभिनेत्रीले कालो र सुनौलो रंगको बटरफ्लाइ ड्रेस लगाएकी देख्न सकिन्छ, जसमा उनको लुक हेर्न लायक छ । आफ्नो लुक पूरा गर्न अभिनेत्रीले सुनौलो रंगको झुम्का र हल्का मेकअप लगाएकी थिइन् ।

ऐश्वर्या पहिलो पटक २००२ मा कान्स फिल्म फेस्टिभलमा सहभागी भएकी थिइन्। यसपछि, उनले प्रत्येक वर्ष लोरियल पेरिसको ब्रान्ड एम्बेसडरको रूपमा सहभागी हुँदै आएकी छन्। त्यस कारण पनि प्रशंसकहरू हरेक वर्ष अभिनेत्रीको लुकको लागि पर्खिरहेका हुन्छन् ।

वर्कफ्रन्टको कुरा गर्ने हो भने ऐश्वर्या राई बच्चन पछिल्लो पटक फिल्म ‘पोन्नियिन सेल्भान २’ मा देखिएकी थिइन् । जसमा उनले चियान विक्रम र जयम रविजस्ता स्टारसँग काम गरेकी थिइन् । यो एक पिरियड ड्रामा फिल्म थियो । यस फिल्मबाट ऐश्वर्याको अभिनयको निकै तारिफ भएको थियो । ‘पोनियिन सेल्भान २’ लाई मणिरत्नमले निर्देशन गरेका थिए ।  त्यस यता उनको नयाँ प्रोजेक्ट घोषणा भएको छैन । अहिले उनका फ्यानहरु उनको नयाँ फिल्मको प्रतिक्षामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट