यी हुन् जसपा फुटेर बन्ने पार्टीमा चार उपाध्यक्ष र एक सहअध्यक्ष-Sutra News

यी हुन् जसपा फुटेर बन्ने पार्टीमा चार उपाध्यक्ष र एक सहअध्यक्ष

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट अशोक राई नेतृत्वको टोली फुटेर नयाँ पार्टी बनेको छ ।



पार्टीका वरिष्ठ नेता अशोक राईको अध्यक्षमा निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको नयाँ पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनले राजनीति स्थायित्व दिनका लागि पार्टी विभाजन गर्नु परेका बताए ।

श्रेष्ठका अनुसार पार्टीको अध्यक्षमा राईसँगै सहअध्यक्ष रेणुकुमारी यादवले जिम्मेवारी पाउने भएकी छन् । यस्तै, उपाध्यक्ष रणदोज कनौला, बबलकिशोर शाह, परशु बस्नेत र शुशिला श्रेष्ठ रहेका छन् ।

नयाँ बन्ने पार्टीको महासचिवको जिम्मेवारी मोहम्मद इस्तियक राईले पाउने भएका छन् ।

राईको नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिएसँगै नेपाली राजनीतिमा नयाँ कोर्ष सुरु हुने आंकलन गरिएको छ ।

जसपाबाट फुटेर नयाँ बन्ने पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने जनाइएको छ । जसपासँग संघीय संसदमा १२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट