कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापकको मृत्यु-Sutra News

कीर्तिपुर बस दुर्घटनामा त्रिविका प्राध्यापकको मृत्यु

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा भएको बस दुर्घटनामा मृत्यु हुने त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेको खुलेको छ ।



कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा ४२ वर्षीय प्रा.डा. गोविन्द रिजालको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार आज २ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो ।

घाइते हुनेमा बैतडी घर भई कीर्तिपुर बस्ने २४ वर्षीय डम्बर पन्त, २४ वर्षीया विमला श्रेष्ठ र बसका चालक २७ वर्षीय रमेश लामा छन् । लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट