फुट्यो उपेन्द्र यादव नेतृत्वको जसपा-Sutra News

फुट्यो उपेन्द्र यादव नेतृत्वको जसपा

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ । पार्टीका वरिष्ठ नेता अशोक राईले बेग्लै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।



राईको पक्षमा प्रदीप यादव, सुशीला श्रेष्ठ, नवलकिशोर साह सुडी, विरेन्द्र महतोसहित ७* सांसद उभिएको स्रोतको दाबी छ ।

राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिएको सांसद प्रदिप यादवले बताएका छन् ।

जनता समाजवादी पार्टी नाम राख्दै निर्वाचन आयोगमा निवेदन दिएको उनले बताए । उपेन्द्र यादव नेतृत्वमा रहेको पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रहेको छ ।

जसपासँग संघीय संसदमा १२ सांसद छन् ।

यता नयाँ दल दर्ताको प्रक्रिया चल्दै गर्दा पार्टी अध्यक्ष उपेन्द्र यादव भने अमेरिका भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट