नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति भारतको आपत्ति, भारतीय मिडियामा हङ्गामा-Sutra News

नेपाली नोटमा चुच्चे नक्सा राख्ने निर्णयप्रति भारतको आपत्ति, भारतीय मिडियामा हङ्गामा

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडाैं नेपालले भारतसँग सम्बन्धित केही निर्णय गर्ने बित्तिकै त्यसले भारतीय मिडियामा अरु बेला नपाएको कभरेज पाउँछ । यो भारतको विरुद्धमा हुनुपर्दैन, नेपालको पक्षमा भए मात्र पनि पुग्छ । 



सत्य, तथ्य र सन्तुलन सामान्यतः भारतीय मिडियाका लागि त्यति प्राथमिकतामा पर्दैनन्, त्यसमाथि भारतसँग सम्बन्धित अन्य देशका विषय परे भने त अधिकांश भारतीय मिडियाले आफू मिडिया भएको नै भुल्छन् र केवल भ्रम प्रसार गर्छन् ।  

हालै नेपाल सरकारले नेपाली १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतीय मिडियाले त्यस्तै रूप देखाउन थालेका छन् । नोटमा कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा राख्न लागेको विषयले भारतीय मिडियामा हङ्गामा नै मच्चिएको छ । नेपालले भारतीय भूमिमाथि दादागिरी देखाएको आसयका साथ उनीहरू प्रस्तुत भइरहेका छन् । 

एबीपी न्यूजले यसमा चीनको षड्यन्त्र देखेको छ । उसले स्पष्टरूपमा भनेको छ, ‘भारतीय भूमिसहितको नक्सा नेपाली नोटमा राख्ने कुरामा चीनले समर्थन गरेको छ ।’

कतिपयले यसलाई इन्टरनेट अवरुद्ध भएको विषयमा पनि जोडिरहेका छन् । 

अन्य धेरै मिडियाहरूले भारतीय विदेशमन्त्री एस जयशंकरको प्रतिकृया प्रसारण गरेर नेपालले गलत गरेको पुष्टि गर्ने प्रयत्न गरिरहेका छन् । जयशंकरले यस विषयमा नेपालको एकपक्षीय निर्णय भएको र त्यसले धरातलीय यथार्थमा कुनै बदलाव नल्याउने प्रतिकृया दिएका थिए ।

नेपालको संसद्ले २०७७ जेठ ७ मा नै चुच्चे नक्सा पास गरेको थियो । यसैअनुरूप हुनेगरी नेपालले १०० रुपैयाँ नेपाली नोटमा सो नक्सा राख्ने निर्णय गरेको हो । 

सम्बन्धित समाचार

नोटमा चुच्चे नक्सा छाप्ने निर्णय : राष्ट्रवादी कार्ड कि सत्ता जोगाउने अस्त्र ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट