मुख्यमन्त्रीले विश्वासको मत मागेपछि बैठक स्थगित-Sutra News

मुख्यमन्त्रीले विश्वासको मत मागेपछि बैठक स्थगित

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।



आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा स्थगित गरेका हुन् ।

प्रदेशसभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन् । अधिकारीले मन्त्रिपरिषदकै सदस्य स्वतन्त्र सांसद दीपक मनाङेको पनि विश्वासको मत पाउने भएका छन् ।

मुख्यमन्त्रीलाई कांग्रेसले मत नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट