भ्वाइस किड्समा मिलन नेवार जोडिएसँगै कोचको सिट पूरा-Sutra News

भ्वाइस किड्समा मिलन नेवार जोडिएसँगै कोचको सिट पूरा

शुक्रबार, ७ बैशाख २०८१

शुक्रबार, ७ बैशाख २०८१
Rohit Kumar Paudel (C) of Nepal and Muhammad Waseem (c) of United Arab Emirates at the toss during the ACC Men's Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं । बालबालिकाको गायनका लागि चर्चित रियालिटी शो द भ्वाइस किड्समा मिलन नेवार भित्रिएसँगै कोचहरूको समीकरण पूरा भएको छ ।



केही दिनअघि मात्र नयाँ कोचका रुपमा गायिका मेलिना राई र पप गायक छेवाङ लामा अनुबन्धित भएका थिए । उनीहरूको प्रवेशसँगै तेश्रो सिजनमा कोचमा परिवर्तन भएको खबर बाहिरिएको थियो ।

भ्वाइस अफ किड्सको दोश्रो सिजनमा प्रमोद खरेल, मिलन नेवार, सुशान्त केसी र प्रविशा अधिकारी कोचका रुपमा थिए । तीमध्ये प्रमोद खरेल यो सिजनमा पनि कोच रहने पक्का भएको थियो ।

हिमायल टेलिभिजनबाट प्रसारण हुने यो रियालिटि शोको प्रशारण आगामी महिनामा सुरु हुने बताइएको छ । ब्लाइण्ड अडिसनको छायांकन चाँडै सुरु हुने जानकारी दिँदै निर्देशक लक्ष्मण पौड्यालले अडिसनबाट ४८ जना छनोट हुने बताए ।

उनका अनुसार डिजिटल अडिसनमा ८–१० हजार जनाले भाग लिएका थिए । बालबालिकाका लागि ठूलो मानिने यो रियालिटी शोमा जोडिएर धेरै बालबालिका आफ्नो प्रतिभा प्रस्तुत गर्न चाहान्छन् ।

अघिल्लो सिजनमा टिम प्रमोदबाट स्पन्दन सुब्बाले भ्वाइसको ट्रफी उचाल्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट