साताको अन्तिम दिन शेयर बजार गिरावट-Sutra News

साताको अन्तिम दिन शेयर बजार गिरावट

बिहिबार, १३ बैशाख २०८१

बिहिबार, १३ बैशाख २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य गिरावट भएको छ । आज ३.२४ अंक घटेर १९६५.९३ विन्दुमा पुगेको छ ।



यस्तै, आज कारोबार रकम दुई अर्ब ३६ करोड ६९ लाख रुपैयाँ बराबरको ६३ लाख १२ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ । बाँकी ८ उपसमूहको परिसूचक घटेको छ ।

आज नेप्से परिसूचक घटे पनि फाइनान्स उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ । यो उपसमूहको परिसूचक सर्वाधिक ३.१३ प्रतिशत बढेको छ ।

कारोबारका आधारमा सबैभन्दा धेरै दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ११ करोड २६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको करिब साढे ९ करोडको शेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट