सिटिजन लाइफको ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सार्वजनिक-Sutra News

सिटिजन लाइफको ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सार्वजनिक

मंगलबार, ११ बैशाख २०८१

मंगलबार, ११ बैशाख २०८१

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले युवा वर्ग लक्षित ‘सिटिजन विथ जेन जेड’ कार्यक्रम सार्वजनिक गरेकाे छ । युवा पुस्ताहरुलाई जीवन बीमा र लगानीको महत्वबारे बुझाउने र कार्यक्रममा युवा वर्ग नै जाेड्ने कार्यक्रमकाे याेजना रहेकाे कम्पनीले जनाएकाे छ ।



हाल पनि कम्पनीमा कार्यरत अधिकांश कर्मचारी युवा उमेर समूहकै छन् । यस्ताेमा थप युवाहरूलाई आकर्षित गर्न पछिल्लाे कार्यक्रम ल्याएकाे हाे ।

साथै, कम्पनीभित्र विभिन्न जात, धर्म र संस्कृतिक परिभाषाका कर्मचारीहरुमध्ये विविधतामा समावेशिताको भावना जगाउनका लागि विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गराउने तयारी पनि गरेकाे कम्पनीले जनाएकाे छ ।

युवा वर्ग लक्षित कम्पनीले डिजिटल सिटिजन अभियानअन्तर्गत डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालनलगायत अनलाइनमार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्रणालीको सुरुवात पनि गरेकाे छ । जुन नेपालकै बीमा क्षेत्रमा पहिलाे कार्यक्रम पनि हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट